Section 9G
वायुयानको कब्जा फिर्ता दिने र उडान गर्न दिने

दफा ९क. को उपदफा (१) को खण्ड (ग) अन्तर्गत गैर कानुनी कब्जा वा अपहरण भई कुनै वायुयान नेपाल राज्यको कुनै हवाई अड्डा वा स्थानमा अवतरण भएमा त्यस्तो वायुयान उपर कानुनी अधिकार भएका कमाण्डर वा हवाई यातायात सेवाका अधिकारीलाई पुन कब्जामा दिलाइनेछ र यथासम्भव चाँडै त्यस्तो वायुयानलाई आफ्नोे चालक, यात्रु र मालसामान सहित जहाँबाट उडान गरी आएको हो त्यस ठाउँमा वा जहाँको लागि उडान गरिएको थियो त्यस ठाउँमा जान विना कुनै अवरोध उडान गर्न दिइनेछ ।